पोलिटब्युरो बैठकतर्फ अघि बढेका एमाले नेताका पाइलाहरू

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकका लागि पार्टी मुख्यालय च्यासलमा चहलपहल बढेको छ ।

आजको बैठकमा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा १५ जना पुर्‍याउनुपर्ने अनौपचारिक सहमति गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव-१, उपाध्यक्ष-५ र सचिव- ७ जना प्रस्ताव गरिएको छ । यद्यपि यो अन्तिम नभएको स्रोतले बतायो ।

खाकासहित परिमार्जित विधान मस्यौदाको प्रस्ताव पोलिटब्युरोमा ल्याउन पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेललाई जिम्मा दिइएको छ।

सचिवालयमा पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेकोमा पछि २५१ सदस्यीय बनाउने निर्णय भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । जसअनुसार हाल ९९ सदस्यीय पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ ।

पोलिटब्युरो बैठकका लागि अघि बढेका एमाले नेताका पाइलाका केही तस्बिर-

 

Comments

One response to “पोलिटब्युरो बैठकतर्फ अघि बढेका एमाले नेताका पाइलाहरू”

  1. Purna Shrestha Avatar
    Purna Shrestha

    बिधानमा २ बर्षे कार्यकाल र ७० बर्षको उमेर हद कोहि ब्यक्तिलाई हटाउन वा कसैलाई व्यवस्थापन गर्न हैन, बिधि र पद्धतिको कार्यान्वयनको लागि हुनुपर्छ । यो प्रावधान हटाएमा ८४ मा एमालेको आकार हातीबाट पाठीमा सीमित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *