अख्तियारलाई घचघच्याउन लिङ्देनको नेतृत्वमा राप्रपा टोली दिउँसो टंगाल जाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज अख्तियार जाने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपा अख्तियारको केन्द्रीय कार्यालय टंगाल जाने भएको हो ।

राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला ठूला काण्डहरू सम्भव नभएकाले भ्रष्टाचारका सबै काण्डहरूको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन आयोगको ध्यानाकर्षण गराउने राप्रपाले जनाएको छ ।

राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शनसहित आयोग समक्ष ज्ञापन पत्र पेश बताएको छ ।

असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *