काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले एक जना आइटी इन्जिनियर सहित ९ जना कर्मचारीलाई बर्खास्त गरेको छ । करार सेवामा रहेका एक जना आइटी इन्जिनियर, पाँच जना कार्यालय सहयोगी र तीन जना हल्का सवारी चालकको करार अवधि खारेज गर्दै उनीहरूका लागि अध्यागमन कार्यालयमार्फत जारी गरिएको स्थायी पास निष्क्रिय बनाइएको हो ।
प्राप्त विवरण अनुसार आइटी जनक ढकाल, गुञ्जा बुढाथोकी, दिपेन्द्र दाहाल, श्रीराम सिलवाल, रमिता नेपाली, देवीकुमारी पोखरेल, इन्द्रबहादुर बोहोरा, चिजा पराजुली र चिनमाया स्याङ्वोको करार सेवा अवधि खारेज गरिएको छ । उनीहरूको स्थायी पास निष्क्रिय गराउन अध्यागमन कार्यालयले नागरिक उड्डयन कार्यालयलाई पत्राचार गरेको हो ।
अध्यागमन कार्यालयले अध्यागमन कार्यसम्पादनमा देखिएको विभिन्न ‘सेटिङ’ संलग्नतासँग सम्बन्धित आशंका देखिएपछि प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले उनीहरूलाई बिदाइ गरेका अध्यागमन कार्यालय स्रोतले जनाएको हो ।

Leave a Reply