काठमाडौं । केएमसी हाटबजार २०८२ सम्पन्न भएको छ । केएमसी एन्टरप्रेनरसिप क्लबको आयोजनामा र केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा काठमाडौं मोडल कलेजमा आज ‘केएमसी हाटबजार २०८२’ को आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरुको सिर्जनशीलता, व्यापार र सहकार्यलाई एउटै छानामुनि ल्याएको छ ।
यस कार्यक्रमले केएमसी मात्र होइन, एमसी एजुकेसनल नेटवर्कअन्तर्गत केएमसी ललितपुर, न्यू समिट कलेज र एमआईटी कलेजका विद्यार्थीहरूले समेत आफ्ना उद्यमशील सोच, सिर्जना र बजार व्यवस्थापन समबन्धी सीप प्रदर्शन गर्ने अवसर पाएका थिए ।
२४ ओटा विविध स्टलहरूमार्फत विद्यार्थीहरूले स्वादिलो परिकार, फेसनेबल लुगा, हातले बनाइएका गहना, हस्तकलाका सामग्रीदेखि ह्यान्डमेड फ्लावरजस्ता आकर्षक वस्तुहरू बिक्रीमा राखेका थिए । प्रत्येक स्टलमा विद्यार्थीहरूको उद्यमशीलता, नवप्रवर्तनशीलता र नयाँ सोचको प्रतिविम्ब झल्केको देखिन्थ्यो ।
कार्यक्रममा करिब एक हजार विद्यार्थीहरुको सहभागीता थियो । धेरैका लागि यो हाटबजार सिक्ने र प्रत्यक्ष कमाउने पहिलो अवसर पनि थियो । ग्राहकहरूसँगको अन्तक्र्रियादेखि बिक्रीको वास्तविक चुनौती र सफलतासम्मको यात्रामा सहभागी विद्यार्थीहरूले व्यवसायिक अनुभव प्राप्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट स्टलहरूलाई केएमसी एन्टरप्रेनरसिप क्लवका मेन्टर तथा अध्यापक विजेन्द्र शाहले नगद पुरस्कार वितरण गरेका थिए । सबैभन्दा नवीन स्टल पुरस्कार ‘न्यूट्रिसिप’ लाई प्रदान गरिएको थियो जसले चकलेट सामग्री र स्वादिलो मिलक सेकमार्फत सबैलाई स्वाद पस्केको थियो ।
सो स्टललाई रुपैया पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो । यस्तै गरी पिपुल्स च्वाइस अवार्ड भने केएमसी ललितपुरको ‘गेम्स एण्ड ग्लोरी’ ले जित्यो, जसले रमाइला र रचनात्मक खेलमार्फत दर्शकहरूलाई आकर्षित गरेको थियो । जसलाई तीन हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो ।
विद्यार्थीहरुको नेतृत्वमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको यो हाटबजार केवल बजार मात्र नभई विद्यार्थीहरूको नवप्रवर्तनशीलता, सहकार्य र उद्यमशीलताको सङ्गम बनेको केएमसीका आइएसी प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले जानकारी दिए ।


Leave a Reply