सरकारमाथिको समर्थन फिर्ता लिने जसपा संसदीय दलको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको समर्थन फिर्ता लिने निर्देशन दिएको थियो । पार्टीको निर्देशनको झण्डै एक महिनापछि संसदीय दलले निर्णय गरेको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेतासँग वार्ता छलफल गरेका थिए । जसपा नेपालको यो निर्णयपछि राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ ।

Comments

One response to “सरकारमाथिको समर्थन फिर्ता लिने जसपा संसदीय दलको निर्णय”

  1. ksp pyl Avatar
    ksp pyl

    रञ्जित रेको काठमाडौं आगमन र जसपाको समर्थन फिर्ताको काम एकै समयमा। कुरा बुझौं है नेपाली दाजुभाइहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *