मन्त्रिपरिषद् पुनर्गठनबारे सरकार- शपथको बेलैमा एक वर्षलाई भनिएको थियो, तन्किन नि सक्छ

काठमाडौं । सञ्चार पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने संकेत गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हेरफेर गर्नु प्रधानमन्त्रीको अधिकार भएको बताए ।

उनले भने, ‘मन्त्रिमण्डल गठन, पुनर्गठन हुने कुरा ठूला कुरा छैन । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो । हामी अहिले समीकरणमा छौँ । गठबन्धनमा सहमति भयो भने हुनसक्छ ।’

मन्त्रीहरूलाई शपथ खुवाउने बेलामा नै सामान्यतः एक वर्षको लागि नभएको बताए ।

उनले थपे, ‘शपथको बेलामा नै १ वर्षको हो है भन्नुभएको थियो त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ ।’

उनले सरकारको एक वर्षको काम उपलब्धिमुलक रहेको भन्दै अर्थतन्त्र पनि सही दिशामा अघि बढिरहेको जिकिर गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *