साउनको स्वागत : हरिया र पहेँला चुरापोतेले भरियो बजार

काठमाडौं । साउन महिना आउन थालेसँगै बजारमा चहलपहल बढेको छ । साउनमा महिलाहरुले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो ।

खासगरी असन-इन्द्रचोक क्षेत्रमा चुरापोतेको बढी किनबेच हुन्छ। पर्याप्त विकल्प हुने भएकोले धेरैजसो ग्राहक त्यही पुग्छन् ।

असार महिनामै व्यापारीहरुले साउनका लागि सामान ल्याइसकेका थिए। असार अन्तिमदेखि नै महिलाहरुले साउनको किनमेल गर्न थाल्छन् ।

साउनपछि महिलाहरुको ठूलो चाड तीज आउने भएकाले चुरापोतेको व्यापार एक–दुई महिना चल्ने व्यापारीहरु बताउँछन् । आर्थिक मन्दीको असरमा कारण सोचेजस्तो व्यापार भने नभएको उनीहरुको भनाइ छ ।

तस्बिर: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *