काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ ।
यसको पहिलो चरणमा स्वर्गीय जननेता भण्डारीको ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन भएको छ ।
भण्डारी प्रमुख संरक्षक रहेको समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने समितिमा देशैभरका विभिन्न तहका नेता कार्यकर्ता समेटिएका छन् ।
यो समितिमा रहेकाहरू अधिकांश विद्या भण्डारी एमालेको नेतृत्वमा आउनुपर्छ भनेर अभियान चलाउनेहरू नै छन् ।





Leave a Reply