रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा विशाल गैरे

काठमाडौं । रोटरी क्लब अफ नार्गाजुनकोे वर्ष २०२५/०२६ का लागि अध्यक्ष पदमा युवा उद्यमी विशाल गैरे निर्वाचित भएका छन् ।

बिगत १० बर्षदेखि उद्यमशीलता, युवा नेतृत्व, शुसासन र मिडिया उद्यममा सक्रिय गैरे बिगत एक दशक देखि बिभिन्न संघसंस्थामार्फत सामाजिक कामहरुमा सक्रिय रहदैं आएका छन् ।

इन्टरनेशनल गभरनेन्स इन्ष्टिच्युटका अध्यक्ष समेत रहेका गैरेले त्रिभुवन बिश्वबिद्यालयबाट सार्वजनिक निति, सुशासन र भष्ट्राचार निवारणमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् । उनी आगामी एक बर्षे कार्यकालका लागि क्लवको अध्यक्षमा निर्वाचित भएका हुन । रोटरी क्लव अफ नागार्जुन सामाजिक कार्यमा संलग्न संस्था हो । क्लवले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, जनचेतनाजस्ता सामाजिक कार्यमा सक्रिय छ।

क्लबको प्रसिडेन्ट ईलेक्टमा फनिन्द्रराज पाण्डे, उपाध्यक्षमा अभय पौडेल, सचिवमा अर्जुन कुमार खड्का, कोषाध्यक्षमा निखिल अग्रवाल, सहसचिवमा हार्दिक सुवेदी छन् । यस्तै क्लब डाइरेक्टरमा सुदिप आचार्य, सम्भु अमगाई, यादव प्रसाद ढुङ्गाना, सुरेन्द्र सिटौला, डा. बिष्णु प्रसाद गौतम, प्रकाश डोटेल, सुसिल खड्का, सतिस सर्मा, समिर्ला थापा, मन्दिप पोख्रेललगायत रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *