बालुवाटारमा ओली-देउवासहितकाे शीर्ष बैठक, उपेन्द्र यादव पनि सहभागी

काठमाडौं । सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा  बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु सहभागी  छन् ।

बैठकमा  प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी छन् ।

सरकारलाई दिएकाे  समर्थन फिर्ता लिएकाे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएका छन् ।  भूमि विधेयक लगायत समसामियक विषयमा छलफल  हुने बताइएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *