मन्त्री गुप्ताको अडिओ काण्ड प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सहि हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानविन गर्नुपर्ने बताएका हुन् । यस विषयमा संसदमा समेत कुरा उठेकाले सम्बन्धीत मन्त्रीले समेत संसदमा आएर प्रष्ट पार्नुपर्ने उनले बताए ।

भट्टराईले यसमा मन्त्रीहरुको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने धारणा राखे ।

उनले सञ्चारमाध्यममा आएका सवै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे । भट्टराईले सवैको सहमतिमा नै संविधान संशोधनको बिषयलाई अघि बढाउने बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *