काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल नामक संस्थाले तीनवटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । ती गीतहरुले नेपालको मौलिकता र समाजिक मूल्य मान्यतालाई क्षति पुर्याएको भन्दै उजुरी गरिएको हो ।
धु्रव पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको ‘गाइ कालो’ बोलेको गीत, राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमार’ बोलको गीत तथा रामजी खाँड र शान्तीश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ बोलेको गीतमाथि प्रतिबन्ध लगाउन माग गरिएको हो ।
अघिल्ला दुई गीतका शब्द र भिडिओ विवादित बनिरहेका थिए । ‘लुकी लुकी’ बोलको गीतमाथि रोक लगाउन माग गरिनुको कारण भने स्पष्ट छैन ।
उजुरीमा यी गीतहरुमा प्रयोग गरिएको भाषा हाउभाउ, भाव र सन्देशले सामाजिक मर्यादाको उल्लंघन गरेको जनाइएको छ ।
साथै, उजुरीमा सामाजिक सद्भाव भड्काउने हाउभाउ देखाएको भन्दै तीन जना व्यक्तिहरुविरुद्ध कानूनी कारवाहीको माग गरिएको छ । उनीहरु हुन् तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठ । भविष्यमा यस्ता विकृत, अश्लील र अनैतिक सामग्रीको अनुगमन र नियन्त्रणमा कडाइ गर्न माग गरिएको छ ।

Leave a Reply