काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा सुरू भएको छ । जारी नगर सभाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा नीति तथा कार्यक्रम पेश हुनेछ ।
लामो रस्साकस्सीसँगै उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसँग मेयर बालेनको संवादहिनता तोड्दै बजेटको गाँठो फुकेको हो । यद्यपि, असार १० मै बजेट ल्याउनुपर्ने सीमा घर्केको झण्डै ३ सातापछि बजेट ल्याउन लागिएको हो ।
महानगरले करिब २५ अर्ब ११ करोडको सीमामा रहेर बजेट सार्वजनिक गर्दैछ । जसमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।
मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छन् ।

Leave a Reply