‘पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु’ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्न तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि मुद्दाकै आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताए ।

अझै पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने नेपालको भनाइ थियो ।

जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको उनले दोहोर्‍याए । मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको नेपालले दाबी गरे ।

‘अहिले ममाथि प्रतिशोध साँध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पर्न सक्छन्’, उनले भने ।

Comments

One response to “‘पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु’ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दुई महिनामै जग्गा प्लटिङ गर्न दिने आफू अनि अरूलाई खाल्डो खनेको भन्ने ? यस्ता वाहियात कुरा गर्न अलिकति लाज लाग्दैन ? जहाँ जग्गा बेच्न दिएको छ त्यहि माधव नेपाल भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *