सरकारसँगको सहमतिसँगै आजदेखि सुनचाँदी दोकान खुला (तस्बिरहरू)

काठमाडौं । सरकारसँगको सहमतिसँगै आजदेखि सुनचाँदी व्यवसायीले पसल खोलेका छन् । सरकारसँग सुनचाँदी व्यवसायी महासंघको ६ बुँदे सहमतिसँगै एक महिना लामो आन्दोलन स्थगित भएको हो ।

शुक्रबारदेखि सुनचाँदी पसलहरू नियमित रूपमा खुलेका छन् । बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सहमतिसँगै आन्दोलन स्थगनको घोषणा गरिएको थियो । नयाँ बजेटमा बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा जडित गरगहनामा १३ प्रतिशत भ्याटको व्यवस्था भएपछि व्यवसायी आन्दोलित थिए ।

सहमतिअनुसार कर र भ्याटबारे अध्ययन गर्न एक कार्यदल गठन बनाइने, कार्यदलले प्रतिवेदन पेस नगरेसम्म बढेको कर र भ्याट लागू नहुने, विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन प्रक्रिया थालिने, स्थानीय बजारमा सुनको पहुँच पुर्‍याइनेलगायत छ ।

सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

तस्बिरहरू : फोटो लाइब्रेरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *