१० वर्ष पुरानो ट्रेण्डिङ सुविधा बन्द गर्दै युट्युब, नयाँ व्यवस्था के ?

काठमाडौं । युट्युबले १० वर्ष पुरानो ट्रेण्डिङ सुविधा बन्द गर्ने निर्णय गरेको छ । वर्षौंदेखि प्रयोगकर्ताहरुलाई लोकप्रिय कन्टेन्टहरुबारे जानकारी दिँदै आएको ट्रेण्डिङ सुविधा बन्द गर्ने निर्णय गरेको हो ।

युट्युबको यो निर्णयले मुख्यतया कन्टेन्ट क्रियटरहरुलाई समस्यामा पार्ने आँकलन गरिएको छ । वर्षौं पुरानो यो फिचरमार्फत् प्रयोगकर्ताहरुले युट्युबमा चलिरहेको ट्रेण्डिङ भिडियोबारे थाहा पाउँथे ।

त्यसतै ट्रेण्डको आधारमा कन्टेन्ट क्रियटरहरुले पनि भिडियोहरु बनाउँथे । यही कारण भिडियोहरु भाइरल हुन्थे । तर, अब यो सुविधा नै हटाउने निर्णय युट्युबले गरेको छ ।

केही समयअघि मात्रै युट्युबले यही जुलाइ २५ बाट कम्पनीको मोनिटाइजेसन नीति परिवर्तन गर्दैछ । नयाँ नीति अनुसार अब ठूलो दर्शक लक्षित कन्टेन्टहरुमा कडाइ गरिनेछ । यसपछि भने केवल नयाँ र मौलिक कन्टेन्ट बनाउने क्रियटरहरुले मात्रै युट्युबमार्फत् कमाइ गर्नेछन् ।

युट्युबले २०१५ बाट सुरु गरेको ट्रेण्डिङ सेक्सनले विश्वव्यापी रुपमा प्रयोगकर्ताहरुको ध्यान तान्दै आएको थियो । छोटो समयमा लोकप्रिय भएका भिडियोहरुलाई युट्युबले ट्रेण्डिङमा राखिदिन्थ्यो ।

अब युट्युबले ट्रेण्डिङको साटो क्याटागोरी स्पेसिफिक चार्टस् देखाउनेछ । यस्ता चार्टमा ट्रेण्डिङमा रहेका भिडियोहरु, साप्ताहिक रुपमा टप पोडकास्टहरु र ट्रेण्डिङमा रहेका चलचित्रका ट्रेलरहरु देखाउनेछ । भविष्यमा थप चार्ट सेगमेन्टहरु पनि थपिने बताएको छ ।

साथै युट्युबले आफ्ना दर्शकहरुलाई के लोकप्रिय छ भनेर थाहा पाउनलाई आवश्यक विश्लेषनात्मक टुलहरु पनि उपलब्ध गराउने जनाएको छ । युट्युबको यस निर्णयले मौलिक सृजना गरिरहेका कन्टेन्ट क्रियटरहरुलाई भने फाइदा हुने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *