काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएकोप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले आश्चर्य व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ‘श्री ५ ज्ञानेन्द्र’ लेखेकै बहानामा सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।
यो सरकारको संकीर्ण मानसिकताको द्योतक भएको थापाको आरोप छ ।
उनले लेखेका छन्, ‘श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन्, प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनीपछि अरु कोही राजा नभएकाले उनलाई श्री ५ ले सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो ।’

Leave a Reply