कृषिमन्त्रीको दाबी-अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताए ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि सामाग्री संस्थानको ३७ वटा गोदाम र साल्ट ट्रेडिङका गोदामहरुमा ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताए। उनले किसानहरुलाई निरन्तर रुपमा अभाव नहुनेगरि रासायनिक मल बितरण भइरहेको उल्लेख गरे ।

त्यस्तै उनले दुग्ध किसानहरुको साढे ३ अर्व भन्दा बढि रकम सरकारी, निजि र साझेदारी फर्महरुले तिर्न बाँकी रहेको बताए। गत बर्षको बजेट सिलिङ अनुसार उखु किसानलाई सरकारबाट दिनुपर्ने अनुदान रकम एक दुई दिनभित्रै किसानको खातामा पुग्ने जानकारी दिए ।

बैठकमा नेपालमा चैते धानको समर्थन मूल्य निर्धारण, धान भण्डारणको उचित व्यवस्थापन, किसानले उत्पादन गरेको दुधको भुक्तानी, उखु किसानले बिक्री गरेको उखुको मूल्य तथा सरकारबाट दिनुपर्ने अनुदान रकम भुक्तानीमा देखिएका बिषयमा सरोकारवालासंग छलफल भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *