काठमाडौं । पाइलट रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने भएको छ। रामेश्वर पाइलटसंगसंगै व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् । उनकै बायोग्राफीमा बन्ने यो चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने छन् ।
निर्माण घोषणासंगै चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त पनि गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा चलचित्रको शुभमुहूर्त गरिएको हो।

पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो दोश्रो सहकार्य हो ।
कृष्णबहादुर थापा छायांकार रहेको चलचित्रको छायांकन काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ। भदौको पहिलो साताबााट छायांकनमा जाने चलचित्रमा क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै इन्टरटेनमेन्ट समावेश हुनेछ ।
यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयं, करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । चलचित्रको कथा पनि निर्देशक खनालले स्वयं लेखेका छन् ।


Leave a Reply