शंकर पोखरेलको चेतावनी- पार्टीका घोषित नीतिविपरीत कित्ताकाट क्षम्य हुँदैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि भएर पास गरेको विधानबारे प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको बताएका छन् ।

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने प्रष्टीकरण दिए ।

यति बेला एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे बहस चलिरहेको छ । महासचिव पोखरेलले दुवै व्यवस्था हटाइसकेको बताएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले जालझेल नगर्न भन्दै तथ्यमा बहस गर्न चुनौती दिएका थिए ।

पोखरेलले वैधानिक व्यवस्था जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा साङ्गठनिक अराजकता भएका आरोप लगाए ।

उनले भने, ‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो ।’

राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक भएको भन्दै प्रतिवाद गर्न पोखरेलले निर्देशन दिए ।

पार्टी र सङ्गठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले पनि अवज्ञा नगर्न उनको चेतावनी छ । पार्टी र नेतृत्वविरुद्धको आक्रमण गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको महासचिव पोखरेलले जिकिर गरेका छन् ।

एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको बताए ।

उनले भने, ‘कुनै बेला सरकारमा लगिदिनु पर्‍यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपङ्क्तिमा रहेका छन् । पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।’

उनले थपे, ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन । जतिबेला जे काम पर्छ त्यही गर्नुहोस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस् । ’

Comments

3 responses to “शंकर पोखरेलको चेतावनी- पार्टीका घोषित नीतिविपरीत कित्ताकाट क्षम्य हुँदैन”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    यस्तो निर्णय कहि नभएको जात्रा हाडी गाउँमा लोकतान्त्रिक पार्टी भन्ने अनि महासचिव नै निरंकुशताको अभ्यासमा हिजो हामीले नेतृत्वबाट केपी ओलीलाई अन्यायपूर्ण कार्य हुदा कमरेड अध्यक्ष केपी ओलीलाई काम गर्न दिनुपर्छ भनेर लागेको हो अव पुर्व राष्ट्रपतिले सेवा सुबिधा त्याग गरेपछि उहालाई पनि पार्टीमा काम गर्न दिनुपर्छ कांग्रेसले के भन्छ देउवाले के भन्छन् त्यो महत्वको विषय होइन उता नन्दकिशोर पुन आउदा कांग्रेस कहाँ थियोे गठबन्धन नरहे रहदैन तर लोकतान्त्रीकरण मा एमाले चुक्नु हुदैन

    1. ksp pyl Avatar
      ksp pyl

      विद्या भण्डारीले गरेको अक्षम्य गल्तिको पहरेदार किन नि? खान पाएर? पदको गरिमा नबुझ्नेलाई राष्ट्रपति बनाउनु एमालेको महान गल्ति हो । राष्ट्रको अभिभावक भएको मान्छे फेरि वडा सदस्य खान्छु भनेर आउने र आउन उचाल्नेलाई एमालेले रणनीतिक हिसावले अर्को भिम रावल बनाईदिनुपर्छ । अनैतिकहरूलाई एमालेमा स्थान दिनुहुन्न चाहे पार्टी सानो होस् वा जे होस् । ओलिलाई हटाउने दिल्लीले रचेका विभिन्न चक्रव्युह मध्ये यो पनि एक हो कि विद्यालाई वडा सदस्य खान बोलाउनु । घृणित काम भयो विद्याबाट । पदको गरिमा त बरू रामवरण र परमानन्द झाहरूले बुझेका रहेछन् । विद्या र पासाङ् त चरम अनैतिक देखिए । यस्ता लाज नभएका नकचराहरूलाई अब पूर्व राष्ट्रपति, उपराष्ट्रपति पनि भन्नु हुदैन ।

  2. Laleek Avatar
    Laleek

    वाईयात ! जेसुकै भएपनि राष्ट्रपतिलाई चाहि पार्टीमा ल्याउने पहल क्षम्य हुँदैहुँदैन्, जयहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *