काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपामा राजनीतिक संस्कार र समन्वय गर्ने क्षमताको अभाव देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको अख्तियार र छानबिन समितिले पनि काम गरिरहेको बताए ।
उनले भने, ‘संसद्मा नोकझोक, वादविवाद पनि हुन्छ । सहमति र असहमति पनि हुन्छ । तर, अन्त्यहीन विरोध कहिले पनि हुँदैन । उहाँहरू हिँडेको बाटोमा अब फेस सेभिङ र सहज अवतरणको अवस्था पनि बन्न गाह्रो बन्नेछ । के मानव बेचबिखन भनेको ? कहाँ भयो ?’
उनले रास्वपा र राप्रपा हिँडेको बाटोले भोलि उनीहरूलाई नै गाह्रो हुने बताए । रास्वपा सभापति रवि लामिछानेले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिएको घिमिरेको जिकिर थियो ।
मुख्य सचेतक घिमिरले रवि लामिछाने आफैं भिजिट भिसामा गएर अमेरिकाको नागरिकता लिएको भन्दै रास्वपाको स्थापना नै भिजिट भिसा र सहकारी ठगीबाट भएको बताए । उनले रास्वपामा भिजिट भिसामा विदेशमा लुकेर अवसरका लागि फर्किएकाहरुको बाहुल्य रहेको दावी समेत गरे ।

Leave a Reply