काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी हराएको विषयमा संसदमा प्रश्न उठेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री शरदसिंह भण्डारीलाई नेमकिपाका सांसद प्रेम सुवालले यस्तो प्रश्न गरेका हुन् ।
उनले पुरक प्रश्न सोध्ने क्रममा भने, ‘श्रम मन्त्रालयको एउटा गाडी हराएको र पछि फेला परेको सार्वजनिक भयो, यथार्थ के होला ?’
सुवालले योसहित मन्त्रालयसँग सम्बन्धित ९ वटा प्रश्न सोधेका थिए । तर, श्रममन्त्री भण्डारीले ८ वटामात्र प्रश्नको जवाफ दिएर गाडीबारे केही नबोली टारेर रोष्टमबाट फर्किए ।
माओवादी सांसद माधव सापकोटाले पनि मन्त्रालयसँग सम्बन्धित प्रश्नहरू सिंहलाई सोधेका थिए ।

Leave a Reply