काठमाडौं । चितवन महानगरपालिकाका प्रमुख रेणु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई आफ्नो तर्फबाट अफवाह फैलाएको पुष्टि गर्न चुनौती दिएकी छन् ।
सञ्चारमाध्यममा सम्प्रेषित समाचारलाई आधार मान्दै दाहालले त्यसको खण्डन गरेकी हुन् ।
यद्यपि प्रधानमन्त्रीकाे सचिवालयले यस विषयमा कुनै वक्तव्य जारी गरेकाे छैन । दाहालले सञ्चारमाध्यममा आएकाे समाचारका आधारमा सचिवालयलाई सामाजिक सञ्जाल फेसबुकमार्फत चुनाैती दिएकी हुन् ।

Leave a Reply