उद्धारमा लाग्न कार्यकर्तालाई एमालेको निर्देशन

काठमाडौं । एमालेले प्राकृतिक विपद्मा परेको क्षेत्रमा उद्धार र राहतमा सक्रिय हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

बागमती प्रदेश कमिटीकी उपसचिव तथा प्रचार प्रमुख भक्तकुमारी लामाद्वारा जारी विज्ञप्तिमा गए रातिको अविरल वर्षाका कारण चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोला उर्लिंदा नेपालतर्फ भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपद्‌को विषम परिस्थितिमा उद्धार, राहत र बेपत्ताको खोजीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

साथै एमाले बागमती प्रदेश कमिटी, जनवर्गीय संगठन र मातहत कमिटीका सदस्यलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन उक्त विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *