हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बिक्री खुल्यो

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमा १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी १८ हजार ६५० कित्ता कर्मचारीहरूलाई, ४६ हजार ६२५ कित्ता र सामूहिक लगानी कोषहरूका लागि र ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुल्ला गरिएको छ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।

आईपीओ निष्काशन छिटोमा असार २७ गतेसम्म हुनेछ । यदि यो समयमा बिक्रीमा राखिएको सबै शेयर खरिद भएन भने साउन ६ गतेसम्म समय थप हुने कम्पनीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *