पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न केही बेरअघि बालुवाटार छिरेका हुन् ।

देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी छन् ।

हिजो सकिएको कांग्रेसको बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने भएपनि सरकारको गति बढाउनुपर्ने निष्कर्ष निकालेको थियो । सातबुँदे सहमति कार्यान्यन नभएको भन्दै कांग्रेसमा सरकारको चर्को आलोचना भएको थियो ।

गठबन्धनको एक वर्ष पुग्न लाग्दा कांग्रेस-एमाले मन्त्रिपरिषद् हेरफेरको पनि तयारीमा जुटेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *