सुर्खेत । जाजरकोट डिभिजन वन कार्यालयका प्रमुख अमर प्रसाद साहमाथि कार्यकक्षमै आक्रमण भएको छ ।
आइतबार दिउँसो ४ बजेतिर कार्यालयमा पसेको अज्ञात समूहले डिएफओ साहमाथि हातपात गरी फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिराम डाँगीका अनुसार तीन चार जनाको समूहले कालो मास्क लगाएर कार्यालयमा प्रवेश गरेका थिए ।
‘घटनापछि उनीहरू फरार भएका छन्’, खोजी तीव्र पारिएको छ उनले भने, ‘कुटपिटको कारण खुलेको छैन । तर आक्रमणकारीहरूले ‘भ्रष्टाचारी होस्’ भन्दै दुव्र्यवहार गरेको पाइएको छ ।’
केही समयअघि साहले कार्यकक्षमै मदिरा सेवन गरेको आरोप सार्वजनिक भएको थियो ।

Leave a Reply