काठमाडौं । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पूर्वउपाध्यक्ष तथा हाल श्रमजीवी पत्रकार संघ जिल्ला अध्यक्ष अनवर अहमद प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।
चौतारीका महासिचव हिरामान लामाले उनलाई संगठनमा प्रवेश गराएका हुन् । उक्त अवसरमा एमालेका मधेस ईन्चार्ज लीलानाथ श्रेष्ठ, चौतारीका मधेस प्रदेश अध्यक्ष लालबाबु शेख, प्रदेश ईन्चार्ज अच्युत पौडेल, केन्द्रीय सदस्य बखतियार अली उपस्थित थिए ।
यस्तै, असार २० गते प्रेस चौतारी नेपाल रुकुम पूर्व शाखाले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको अवसरमा सिस्ने गाउँपालिकाका प्रेस सेन्टर नेपालका सचिव टीका केसी पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् । उनलाई लुम्बीनी प्रदेशको सहईञ्चार्ज गणेश आचार्यले स्वागत गरेका थिए ।
जुम्लाबाट प्रेस सेन्टर नेपाल निकटका पत्रकारहरु प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । प्रेस चौतारी नेपालका कर्णाली ईञ्जार्च याम शर्माका अनुसार जुम्लाबाट कान्जिरोवा टाइम्सका आकाश सुनार, कर्णाली मिसन पत्रिकाका लोकेश जङ्ग बिश्वकर्मा, लगायतका युवा पत्रकारहरूले अन्य संगठन त्यागेर प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । उनीहरुलाई कर्णाली प्रदेश सचिव नौरते नेपाली, जिल्ला अध्यक्ष मानदत्त रावलले स्वागत गर्नुभएको थियो ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार, प्रवेश गर्ने सम्पूर्ण पत्रकारहरूलाई संगठनभित्र उपयुक्त जिम्मेवारी प्रदान गरिनेछ ।

Leave a Reply