बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते

जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिलको भट्टी पड्किएको छ ।

स्टिम उद्योगमा काम चलिरहेको बेला बुधवार राति भट्टी पड्किएको हो । भट्टी पड्केपछि त्यस क्षेत्रमा ठूलो आवाज सुनिएको छ ।

घटनामा केही मानिस घाइते भएको आशंका छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले अहिले प्रहरी घटनास्थल पुगेको बताए । उनका अनुसार एकजना घाइते भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउँन बांकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *