काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन अागामी मंसिर २६-२८ सम्म गर्ने निर्णय गरेकाे छ ।
केन्द्रीय समितिकाे बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप ताेकिएकाे समयमा अनिवार्य महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेकाे मुख्यसचिव कृष्णप्रसाद पाैडेलले बताए ।
महाधिवेशनसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको उनलेे बताए ।
महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा पेश भएका विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जार छ । अब बैठक असार १९ गते दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Leave a Reply