कांग्रेस बैठक : शेखरको अभिव्यक्तिमा देवेन्द्रराज कँडेल र विनोद चौधरीले गरे प्रतिवाद

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शेखर कोइरालाको अभिव्यक्तिप्रति केही नेताहरूले आपत्ति जनाएका छन् । बैठकमा शेखर कोइरालाले हिजो बोलेको कुरालाई लिएर देवेन्द्रराज कँडेल र विनोद चौधरीले प्रतिवाद गरेका हुन् ।

हिजो बैठकमा आफ्नो धारणा राख्ने क्रममा शेखरले पार्टी सभापति शेरबहादुर देउवामाथि एमालेलाई प्रधानमन्त्री किन दिएको ? मलाई कारबाही गर्न खोजेको हो ? जस्ता प्रश्न तेर्स्याएका थिए ।

पार्टीभित्र अनुशासनको कुरा उठाउँदै कोइरालाले भनेका थिए, ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रिय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन ।

कोइरालाको यो अभिव्यक्तिलाई लिएर सांसद समेत रहेका चौधरीले आज प्रतिवाद गरे । कोइरालाले गठबन्धन, एमालेसँगको सहकार्य, भ्रातृ संगठन, सर्वोच्चबाट दोषी ठहर भएकाहरूलाई पनि बचाएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका थिए ।

मंगलवारको केन्द्रीय कार्य समिति बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले पार्टीको विधान बमोजिम निरुपण भएको विषयलाई भविष्ष्यमा पार्टी नेतृत्व गर्छु भन्ने व्यक्तिले विवादित बनाउनु दुःखद रहेको बताए ।

गुटको राजनीतिका नाममा निजी क्षेत्रका आफूजस्ता मान्छेलाई छेक्ने र कांग्रेस उम्मेदवारलाई हटाउन खुलेआम घर घरमा गएर विपक्षीलाई भोट माग्ने लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनाललाई बोक्ने काम गरिएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *