नागार्जुनका मेयर मोहनबहादुर बस्नेतलाई ११ वर्ष जेल सजाय, ३१ करोड भन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले जग्गा प्लटिङको नीतिगत निर्णय गरेर त्यसबाट अनुचित लाभ (घुस) लिएको आरोपमा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई घुस प्रकरण र सम्पत्ति शुद्धिकरण गरेर दुई वटा मुद्दामा ११ वर्ष कैद सजाय र ३१ करोड भन्दा बढी जरिवानाको फैसला गरेको छ ।

अदालतले घुस प्रकरणमा ८ वर्ष कैद सजाय र सम्पत्ति शुद्धिकरणको मुद्दामा थप ३ वर्ष गरेर ११ बर्ष कैद सजायको फैसला गरेको हो । यस्तै घुस प्रकरणमा २ करोड भन्दा बढी र सम्पत्ति शुद्धिकरणको मुद्दामा २८ करोड करोड भन्दा बढी गरेर ३१ करोड १८ लाख ६२ हजार १७८ रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

जसमा प्रमुख बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको यस अघि दोषी ठहरको फैसला भइसकेका बस्नेतलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार सोमबार सजाय निर्धारण गदै कैद र जरिवानाको फैसला गरेको हो ।

बस्नेतले नगरपालिका जस्तो सार्वजनिक ओहोदाको पदमा बसेर कसुर गरेको ठहर गर्दै थप ३ महिना कैद सजाय गर्ने निर्णय पनि गरेको छ ।

विशेष अदालतले उनलाई घुस दिने पद्मा कोलोनी प्रालिका सञ्चालक राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गरेकोमा सोमबार नै ८ बर्ष कैद सजाय गर्ने फैसला गरेको हो । पद्मा कोलोनी प्रालि एवं पद्मा मर्चेन्ट कम्पनीलाई लाभ हुनेगरी निर्णय गरेबापत प्रमुख बस्नेतले घुस लिएको अख्तियारको दाबी गरेकोमा विशेष अदालतले ती दुई कम्पनीलाई पनि बिगो तिराउने फैसला गरेको हो । उनीहरु दुबै जनालाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ आठ पैसा जरिवाना हुने पनि फैसला गरेको छ ।

यस्तै सम्पत्ति सुद्धिकरणतर्फ बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्ति शुद्धिकरण गरेको देखिदाँ बस्नेतलाई सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ बोजिम ३ वर्ष कैद सजाय हुने, विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना हुने सँगै सम्पत्ति जग्गा समेत जफत हुने फैसला गरेको छ ।

यस्तै नगरप्रमुख बस्नेतलाई सम्पत्ती शुद्धिकरण सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ७ बमोजिम राष्ट्रसेवकले गरको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा थप १० प्रतिशत सजाय हुने भएको छ । जसमा कैदतर्फ ३ महिना १८ दिन र जरिवानातर्फ २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थपिएको छ ।

साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा ३ बमोजिम नगरप्रमुख बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कडेँलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

Comments

One response to “नागार्जुनका मेयर मोहनबहादुर बस्नेतलाई ११ वर्ष जेल सजाय, ३१ करोड भन्दा बढी जरिवाना”

  1. Basu upreti Avatar

    कुन पार्टी बाट आयका रहेछन कुन्नी?? पक्कै पनि त्रीदेवको आशीर्वाद बाट त आयका होइनन जस्तो लाग्यो। येदि हुन भने छोरी कुटेर बुहारी तर्साउनु खोजेका हुन कि भन्ने गन्ध आयो त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *