माछा मार्न गएका युवकको नदीमा डुबेर मृत्यु

कैलाली । कैलालीमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

स्थानीयवासीका अनुसार घर नजिकै साथीहरूसँग माछा मार्न गएका उनी शनिवार साँझ पथरैया नदीमा डुबेका थिए।

केही समयपछि उद्धार गरेर उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा गलिएको थियो ।

उनको मृत्यु भइसकेको चिकित्सकले बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी०राजकुमार सिंहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *