एमालेको राजनीतिमा पुनः जोडिएको विद्या भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् ।

मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’

उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो- जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो- राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’

राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’

भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुन्जिएको थियो ।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।

मदनपत्नी विद्याले भनिन्, ‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत लिएको छु ।

Comments

3 responses to “एमालेको राजनीतिमा पुनः जोडिएको विद्या भण्डारीको घोषणा (पूर्णपाठ)”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    “विद्या भण्डारीले प्रत्यक्ष राजनीतिमा फर्केको घोषणा गरेर ऐतिहासिक भूल गरेकी छिन्।” बाँकी समयले उत्तर दिनेछ।

  2. ksp pyl Avatar
    ksp pyl

    लाज, नैतिकता नभएपछि जे गरे पनि हुन्छ। विद्या एमालेको प्रमुख नेतृत्वमा पुगेमा उनको कार्यकालभरी एमाले नेतृत्वको धुवाँधार विरोध गरिन्छ ।बामदेव र माधव पछि एमाले विगार्ने शिखंडी हुनेछिन । चरम पदको लोभी । हैसियत बिनाको मान्छेलाई एमालेले राष्ट्रपति बनाएछ । धिक्कार छ यिनलाई । वडा सदस्य खान हिडेको ? विद्या राजनीतिमा आउनुहुन्छ भन्ने भ्रष्ट ईश्वरहरू उमेरहदको नारा पनि लगाईरहेका छन् । विद्याकै कारण उर्मीला अर्यालहरूले पार्टी छाडे । यस्ता नकचराहरूलाई एमालेका कुनै पनि नेता कार्यकर्ताले समर्थन गर्नुहुन्न । समर्थन गर्ने भनेका एमाले बिगार्ने दिल्लीका एजेण्टले मात्र हुन् । ओलिले हजारौ चुनौति पार गरेर बनाईदिएको पार्टीमा आएँ भनेर भनिदिन त सजिलै होला तर देशी विदेशी षडयन्त्र चिरेर अघि बढाउन यस्ता अनैतिकहरूले सक्दैनन् । ईश्वर, सुरेन्द्र पाण्डेजस्ताले त पत्याएको मान्छे ।पाण्डे भनेका पदको लागि जे पनि भन्ने र गर्ने हुन् ।

  3. Nagendra Avatar
    Nagendra

    हल्ला सुनिए जस्तो यदि बिध्या भण्डारी एमालेको नेतृत्वमा आउने हो भने त्यो निक्कै ठुलो भुल हुने छ :
    १. देशको नेता ‘ रास्ट्रपति’ अब उप्रान्त एउटा पार्टीको नेता हुने हो ‘पूर्व रास्ट्रपति’ को मान, मर्यादा र भूमिका सुन्य हुने छ !!!
    २. देशको एउटा सर्बोच्च संस्था हाकेको मान्छे पार्टी राजनितिमा फर्किंदा देशलाई एकताबद्द बनाउने ब्येक्तिको खोजि हुन्छ : नेपाली मनोविज्ञान र यथार्थ बुझ्नु राम्रो हुन्छ !! हरेक ठाउँमा राजनीति घुस्नु राम्रो कदापि हैन !!
    ३. प्रचण्ड जस्ता छेपाराहरुको ललिपप चम्किएको देखेर लोभ लागेको हो र तिनको बुइ चडेर कता कता पुग्ने सपनामा डुबेको हो भने : १००० ठक्कर खाँदा पनि नचेतेको ‘मुर्ख’ जस्तै चिनारी हुने छ !!
    ४. प्रतिभावान ‘उसाकिरण’ आउनु अगाडी : बिध्या भण्डारी ‘पूर्व राष्ट्रपति’ नै ठिक !!!
    ५. बिध्या भण्डारी एमालेको कुनै कुर्शीमा नबसे पनि जनताले एमालेको छायाँ देख्छन उहाँमा वा उहाँ ले जे गरे पनि एमालेले गरेको हो भन्ने मेसेज जसरी पनि जान्छ !! वास्तवमा उहाँले पुर्ब रास्ट्रपतिको हिसावले जुन प्रभावको भूमिका खेल्न सक्नु हुन्छ : देश र पार्टीको लागि (पूर्व रास्ट्रपति भने पछि जो सुकै झुक्छन) त्यो एउटा पार्टीको कुनै पद वा पछिका कुनै ओहदामा बसेर गर्न सक्नु हुन्न !!!
    ६. नागरिकता बिधेयक रोकेर जुन उचाइ ग्रहण गर्नु भएको थियो त्यो उचाइ कायम राख्न पर्छ, तल झर्न हुन्न, त्येहींबाट उच्च स्तरको भूमिका खेल्न पर्छ : बिध्या भण्डारीले तल हेर्ने हैन माथि हेर्ने हो : हुनु पर्ने कुरा यो हो तर कसैले सम्मानलाई थाम्नै सक्तैन भने त मति कत्ता जान्छ कत्ता !!!
    ७. बिस्वाश छ उहाँले बिबेक पुर्याउनु हुने छ : अभिभावकीय स्थानमा बसेर मदन भण्डारीका बचन र कर्मका पाइलाहरु सम्झाउनु हुने छ : झगडालु रथ चढेर हैन !! ओलीले जतिको काम गर्दा कत्ति दुस्मनी ब्याप्त देखिन्छ : त्यो भन्दा राम्रो के आश पलाउञ्छ र ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *