काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध राखेको भन्दै त्यसको विरुद्ध देशव्यापी रूपमा हस्ताक्षर अभियान चलाइरहेको छ।
कञ्चनपुरमा जारी हस्ताक्षर अभियानमा राउटे समुदायका नागरिकहरूले पनि हस्ताक्षर गरेका हुन्।
रास्वपाले कञ्चनपुरको भीमदत्त नगरपालिका भानुचोक, चेटघाट चौतारी र गड्डाचौकिमा हस्ताक्षरका लागि डेस्क सञ्चालनमा ल्याएको रास्वपा सुदुरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महताले बताएका छन्।
उनले राउटे समुदायका राउटे मुखियासहितले ल्याप्चे लगाएको फोटोसहित फेसबुकमा राखेका छन्।

Leave a Reply