विदेश भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।

आज  बिहान ११ बजेका लागि बोलाइएको  प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने कार्यसूची रहेकाे छ  । उक्त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमण लगायत समसामयिक वियमा सम्बोधन गर्ने कार्यसूची रहेको मुख्य सचेतक बर्तौलाले जानकारी दिए । उनी आज साँझ स्पेन भ्रमणमा जाँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *