हर्क साम्पाङका समर्थकले लगाएको ताला वडाध्यक्ष र स्थानीयले फोडे

विराटनगर । धरानका मेयर हर्क साम्पाङका समर्थकहरूले धरान १६ मा प्रहरी चौकी निर्माणको काम रोक्न लगाएको ताला स्थानीय र वडाअध्यक्षहरूले फोडेका छन् ।

कोशी प्रदेश सरकारको लगानीमा निर्माणाधीन प्रहरी चौकी निर्माणको काम रोक्न साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएपछि उनका समर्थकहरूले बहुभाषिक पाठशालाको कम्पाउन्डमा ताला लगाएका थिए । प्रहरी चौकी सोही कम्पाउन्डभित्र निर्माण हुँदै आएको छ ।

ताला फोडेर चौकी निर्माणको काम सुचारू गरिएको हो । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले बहुभाषिक पाठशाला बनाउने निर्णय गर्नुअघि नै प्रहरी चौकी भवन बनाउने निर्णय कार्यपालिका बैठकबाट भएको बताए ।

ताला फोड्न उनीसहित अन्य वडाध्यक्ष र स्थानीय पुगेका थिए ।

धरानका मेयर हर्क साम्पाङले सो स्थानमा प्रहरी चौकी बनाउन नहुने भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् । उनले प्रहरी चौकी भवनको डिपीआर र डिजाइन हेरेर मात्रै भवन निर्माण गर्नुपर्ने बताउँदै आएका छन् ।

Comments

2 responses to “हर्क साम्पाङका समर्थकले लगाएको ताला वडाध्यक्ष र स्थानीयले फोडे”

  1. bharat kumar thapa Avatar

    सन्काहा र उछ्ड हुन हर्क वालेन

    1. याक्खा डिबी Avatar

      दिर्घकालिन वातावरणीय दृष्टिकोणले पाठशालाको पाट्यक्रम बन्ने सम्भावना रहेकाले त्यहीको आसपासमा चौकि बनाउनु उपयुक्त ठहर्छ ‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *