सर्वोच्चले डा. मुकुल ढकाललाई दिएको पत्रसहित निर्वाचन आयोगलाई पनि छलफलमा बोलायो

काठमाडौं । डा. मुकुल ढकालले हालेको मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षहरुलाई १७ गते छलफलका लागि बोलाएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले गत असार ४ गते आयोगले ढकाललाई दिएको पत्रसहितको फाइल पनि मगाउने आदेश गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए ।

ढकालले आफूलाई रास्वपा महामन्त्रीका रुपमा काम गर्न दिन उत्प्रेषण आदेशको माग गर्दै रिट हालेका थिए । इजलासले यस सम्वन्धमा विपक्षीहरुका नाममा कारण देखाउ आदेश पनि जारी गररेको छ ।

निवेदकको माग अनुसार आदेश जारी गर्नु नपर्ने कारणसहितको जवाफ १५ दिनभित्र पेश गर्न भनिएको छ ।

यसका साथै अदालतले निर्वाचन आयोगलाई पनि छलफलमा डाकेको छ । आयोगले गत असार ४ गते ढकाललाई रास्वपाको विवरण अद्यावधिक नभएको भन्ने लिखित जानकारी गराएको थियो । सो जानकारीको पत्रसहित आयोगलाई अदालतमा उपस्थित हुन भनेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *