सम्झौता अवधिभन्दा ४ महिना अगाडि काम सक्ने निर्माण व्यवसायीलाई सम्मान

रुपन्देही ।धेरै ठाउँमा ठेकेदारले समयमा काम नसकेको गुनासा आइरहेका बेला अर्घाखाँचीमा समय अगावै काम सक्ने व्यवसायीलाई सम्मान गरिएको छ ।

सम्झौता गरेको ४ महिना १० दिन अगाडि गुणस्तरीय कार्य सम्पन्न गरेको भन्दै खनाल–प्रतिभा जेभि अर्घाखाँचीलाई सम्मान गरिएको हो।
अर्घाखाँची भूमिकास्थान नगरपालिका पहुँच मार्गः नरपानी–खाँचीकोट–ढिकुरा–पोखेडाँडा सडक ००ं००० देखि ३ं२०० सम्मको २०८०–०८१ को निर्माण कार्य समय भन्दा अगाडि सम्पन्न गरेको भन्दै सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले निर्माण व्यवसायी कविराम खनाललाई सम्मान गरेको हो ।

जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले काम नगरी आलटाल गर्ने निर्माण व्यवसायीले यसबाट पाठ सिक्नुपर्ने बताए।
सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले देशभरका निर्माण व्यवसायीका लागि यो अनुकरणीय शिक्षा हुने बताए ।

सडक पुर्वाधार विकास कार्यालयका प्रमुख गोपिराज पुनमगरले १० लाख रूपैया तिर्न बाँकी बक्यौतासमेत राखेर समयभन्दा अगाडि काम गरेको इतिहास आफ्नो १२ वर्षे जागिरे अवधिमा नरहेको भन्दै निर्माण कम्पनीको प्रशंसा गरे । ८ करोड ६० लाखमा निर्माण कम्पनीले यो ठेक्का लिएको थियो ।

पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले अहिलेको आलटालको समयमा यस्ता निर्माण कम्पनीलाई गरिएको सम्मानले सबैतिर सकारात्मक सन्देश दिने भन्दै प्रशंसा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *