एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, विधान संशोधन प्रस्ताव तयार पार्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज बसेको सचिवालय बैठकले साउन ५ गते बस्नेगरी बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

त्यसअघि २ गते पोलिटव्यूरो बैठक बस्ने उनले बताए। बैठकले विधान संशोधन प्रस्ताव तयार पार्ने बताए। एमालेको विधान महाधिवेशन भदौं २० देखि २२ गतेसम्म हुँदैछ ।

महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रस्ताव पेस गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *