एमाले सचिवालय बैठक सर्‍यो

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्ने तय भएको थियो ।

तर प्रधानमन्त्रीको कार्यव्यस्तताको कारणले बैठक ३ बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *