काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्नको सहकारीकै मोडल वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन हुनुपर्ने बताएका छन्।
संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै शंकरदास वैरागी नेतृत्वको छानबिन समितिलाई टालटुलेको संज्ञा दिए।
उनले भने, ‘नीतिगत र प्रणालीगत मोडलमा ध्यान दिने हो भने सहकारीकै मोडेलमा, संसदीय छानबिन समिति गठन गर्नुपर्छ। अख्तियारले भ्रष्टाचार र लुटको विषय मात्रै हेर्ने हो। अन्य विषयमा हेर्नको लागि अख्तियार प्रवेश गर्नेवाला छैन। नीतिगत प्रणालीगत सुधारमा गहिरो काम गर्नुपर्छ ।’
उनले आफूहरूले यसबारे जेठ १३ गतेबाट आन्दोलन गरेपनि २५ गतेसम्म सेटिङको प्रमाण आफूहरूसँग रहेको पनि बताए। उनले रास्वपा नयाँ भएपनि बेवकुफ नभएको बताए।

Leave a Reply