बर्दियाको बाँसगढी नगरपालिकामा सेवाग्राहीले अनलाइनमार्फत सेवा पाउने

रुपन्देही । बर्दियाको बाँसगढी नगरपालिका डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् ।

राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरवासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् ।

बाँसगढीका देश विदेशमा बस्ने सबैले आफू बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले बताए ।

डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो डिजिटल नगरपालिका भएकोमा खुसी लागेको जनाए ।

गत वैशाख २९ गते बासँसगढी नगरपालिका र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबीच बसेको संयुक्त बैठकबाट बाँसगढी नगरपालिकाले प्रदान गर्ने सबै सेवाहरूलाई डिजिटल रुपमा लैजाने सहमति भएको थियो ।

डिजिटल बाँसगढी निर्माणका लागि नगरपालिकाको सेवा प्रवाह गर्ने सबै सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने निर्णय बमोजिम घरबाट नै सेवा लिन मिल्ने गरी डिजिटल बाँसगढी २।० निर्माण गरिएको छ ।

आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले बताए ।

बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शून्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।

पालिकाले यस्तो सेवा प्रदान गर्ने देशकै पहिलो पालिका भएको दावी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *