काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बजेटका विषयमा सांसदहरुका गुनासालाई अर्थमन्त्रीले न्यायोचित जवाफ दिएर चित्त बुझाउन सक्नुपर्ने बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले सरकारले सांसदहरुको सिफारिसमा पनि बजेट बिनियोजन गरेको भन्दै कतै धेरै र कतै थोरै हुदा गुनासो आउनु स्वभाविक भएको धारणा राखे ।
यसमा विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने उनको आशय छ ।
त्यस्तै, उनले बजेटको न्यायोचित बितरणका लागि बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताए । उनले बजेटमाथिको छलफलमा संशोधन प्रस्ताव परेपनि हुबहु पारित गर्ने परम्परा रहेको जिकिर गरे ।
महतले देशैभरी सांसद र कर्मचारीहरुले सर्वे गरेर सम्बन्धित जिल्लामा आवश्यक पर्ने कुराहरुको प्राथमिकताको सूची बनाउँदै समान ढंगले बजेट वितरण गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply