इरानले हर्मुज जलमार्ग बन्द गर्न लागेपछि अमेरिकी विदेशमन्त्रीले गुहारे चीन

काठमाडौं । इरानको आणविक केन्द्रमाथि आक्रमण गरेको अमेरिकाले होर्मुज जलमार्ग बन्द गर्नबाट इरानलाई रोक्न चीनसँग अपिल गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा संसारकै लाइफलाइन मानिने हर्मुज जलमार्ग इरानले बन्द गर्ने धम्की दिएको भन्दै चीनले रोक्नुपर्ने बताए ।

इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने योजनालाई स्वीकृति दिएसँगै अमेरिकाले चीनको सहयोग मागेको हो । अब हर्मुज जलमार्ग बन्द गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय लिने अधिकार सर्वोच्च नेता आयातुल्ला अली खामेनीको हातमा छ ।

उसै पनि अमेरिकाले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य आकासिएको छ । त्यसमाथि विश्वका शक्ति राष्ट्रको पेट्रोलियम लाइन सोही हर्मुज जलमार्गमा आश्रित छ ।

विदेशमन्त्री रुबियोले चीन समेत हर्मुज जलमार्गमा धेरै हदसम्म निर्भर रहेकाले उसले इरानसँग कुरा गर्नुपर्ने बताए ।

रुबियोले भने–यदि इरानले हर्मुज जलमार्ग बन्द गरेमा उसको लागि आर्थिक आत्महत्या सरह हुनेछ । हामीसँग हर्मुज बन्द हुँदाको विकल्प छन् तर बाँकी देशले पनि यसबारेमा ध्यान दिउन् ।

हर्मुज जलमार्ग संसारभरकै ग्यास र तेल आपूर्तिका लागि रणनीतिक र महत्त्वपूर्ण कोरिडोर हो । यसले मध्यपूर्वका तेल भण्डार भएका देशलाई एसिया, युरोप र अमेरिकासहित अन्य विश्वसँग जोड्ने काम गर्छ । इरानले यो जलमार्ग बन्द गरेमा संसारभर तेल र ग्यास आपूर्तिमा संकट आउनेछ ।

विश्वको सबैभन्दा महत्वपूर्ण तेल चोकपोइन्टहरू मध्ये, होर्मुजको जलडमरूम संयुक्त राज्य अमेरिका र बाहिरका लागि भू–रणनीतिक रूपमा अर्थपूर्ण छ । किनकि विश्वव्यापी अर्थतन्त्रको शक्ति तेलको प्रवाहमा धेरै निर्भर छ।

यो जलडमरूम अर्थात जलमार्ग ओमान र इरानको बीचमा अवस्थित छ र उत्तरमा खाडीलाई दक्षिणमा ओमानको खाडी र त्यसभन्दा बाहिर अरब सागरसँग जोड्छ। यसको सबैभन्दा साँघुरो बिन्दु ३३ किलोमिटर चौडा छ, ढुवानी लेन केवल ३ किलोमिटर चौडा छ।

विशेष गरी, जलडमरूम बन्द गर्नाले चीनलाई उल्लेखनीय रूपमा हानि पु¥याउने दावी अमेरिकाको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले इरानको तेल निर्यातको लगभग ९०% खरिद गर्दछ ।

रुबियोले भनेका छन्–इरानलाई यसलाई बन्द गर्नबाट रोक्न चिनियाँ सरकारलाई यसबारे उनीहरूलाई फोन गर्न प्रोत्साहित गर्दछु, किनभने उनीहरु आफ्नो तेलको लागि होर्मुजको जलडमरूममा धेरै निर्भर छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *