काठमाडौं । चिनियाँ संचार अगुवा लि चेङ्यीले नेपाल र चीनको मिडिया क्षेत्रमा संयुक्त कार्यक्रमको चर्चा गर्दै सगरमाथादेखि फेवा तालसम्म प्रसारण गर्न प्रस्ताव गरेका छन् ।
काठमाडौँमा आज आयोजना भएको आपसी आदानप्रदान र सम्यताहरुबिचको एकअर्कासँगको सिकाइमा मिडियाको महत्व विषयक कार्यक्रममा सिजाङ डेली इन्टरनेसनल कम्युनिकेसन सेन्टरका निर्देशक रहेका उनले यस्तो बताएका हुन् ।
यस्तै चीनको इलेट्रोनिक्स, विज्ञान तथा प्रविधि विश्वविद्यालयको पत्रकारिता तथा संचार विभागकि निर्देशक चान सुनले दुई देशका दुई भाषामा प्रकाशन तथा प्रशारण हुने सामाजिक संजाल तथा आम संचारका माध्यमहरुको सहकार्य हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘चीन नेपाल कन्टेन्ट स्टुडियो, चीन नेपाल सांस्कृतिक संवाद केन्द्रहरु विश्वविद्यालयहरुमा स्थापना गर्न सकिन्छ ।’ उनले नयाँ पत्रकारलाई राम्रो प्राविधिक दक्षता दिएर उत्पादनमा दुवै देशलाई अवसर भएको बताइन् ।
नेपाल र चीनको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमा अरु चिनियाँ संचार क्षेत्रका अगुवाहरुले पनि नेपाल र चीनको मिडिया क्षेत्रको सहकार्य, आदानप्रदान हुनुपर्नेमा जोड दिए ।
मिडियाले दुई देशको कुरा मात्रै नगरेर दुई देशको सम्भताको कुरामा पनि जोड दिनुपर्ने उनीहरुले बताए । नेपाल पत्रकार महासंघकि अध्यक्ष निर्मला शर्मा, नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ र राष्ट्रिय सूचना आयोगका सदस्य गगन विष्टले पनि दुई देशको सम्भताका संचारको लागि दुई देशको मिडिया महत्वपुर्ण भएको बताए ।

Leave a Reply