काठमाडौं । म्यासेन्जरमा कुराकानीको क्रममा महिलाको अश्लील तस्बिर र भिडिओ स्क्रिन रेकर्ड गरी चरित्र हत्या गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार भारतको बिहार सुनलपट्टीका २० वर्षीय अम्मरनाथ कुमारलाई धादिङ, धुनिवेँशी नगरपालिका खानी खोलाबाट पक्राउ गरिएको हो ।
ती युवकले फेसबुकमा साथी बनी महिलासँग म्यासेन्जरमा कुराकानीको क्रममा स्क्रिन रेकर्ड गरिएको अश्लील तस्बिर तथा भिडिओ फेक एकाउन्ट खोलेर परिवारका सदस्यलाई पठाई चरित्रहत्या गरेको एसपी दिपकराज अवस्थीले बताए ।

Leave a Reply