नारायणी नदीमा बगेका पुरुषको जीवित उद्धार

चितवन । नारायणी नदिमा बग्दै आएका एक पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

अन्दाजी ४०-५० उमेरका उनलाई नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरीको आईआरटी पोष्ट पुल्चोकबाट असई गंगाराज गोले लामाको कमाण्डमा खटिएको फौजले जिवितै उद्वार गरेको हो ।

उद्वारपछि उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *