काठमाडौं । इरानमा रहेका नेपाली र श्रीलंकाकाली नागरिकलाई पनि भारतले सञ्चालन गरिरहेको उद्धार अभियानमा समेट्ने भएको छ। नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानमा अलपत्र परेकाहरुलाई भारतले उद्धार अभिायानमा समेट्न लागेकाे हाे ।
इरानस्थित भारतीय दूतावासले आज सामाजिक सञ्जाल एक्समा सार्वजनिक सूचना जारी गर्दै नेपाली तथा श्रीलंकाली नागरिकलाई उद्धार सहायता प्रदान गरिने जानकारी दिएको हो।
दूतावासले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई आपतकालीन उद्धार सहयोगका लागि तत्काल सम्पर्क गर्न आग्रह गरेकाे छ।
दूतावासका अनुसार इरानमा रहेका नेपाल तथा श्रीलंकाका नागरिकहरूले आवश्यक सहायता वा आपतकालीन अवस्थामा तत्काल सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसका लागि विशेष टेलिग्राम च्यानल सञ्चालनमा ल्याइएको छ।
सम्पर्क गर्न सकिने आपतकालीन नम्बरहरू +989010144557; +989128109115; +989128109109 उपलब्ध गराएको छ । दूतावासले नागरिकलाई टेलिग्राम च्यानल वा ती नम्बरहरू मार्फत छिटो सम्पर्क गर्न अनुरोध गरेको छ।
इरानमा पछिल्लो समय देखिएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भारतले आफ्ना नागरिकका साथै छिमेकी मुलुकका नागरिकको सुरक्षाका लागि पनि पहल अघि बढाएको हो।
⚠️
On request of the Governments of Nepal and Sri Lanka, the Indian Embassy’s evacuation efforts in Iran will also cover Citizens of Nepal and Sri Lanka. https://t.co/eHIOhmNN7M— India in Iran (@India_in_Iran) June 21, 2025

Leave a Reply