काठमाडौं । गत शुक्रबारबाट इजरायल र इरानको हानाहान जारी छ । इजरायलले इरानी आणविक वैज्ञानिक, सैन्य नेतृत्व तथा आणविक क्षेत्रहरुमा हमला गरेर सुरु गरेको युद्धमा अहिले इरानले पनि जवाफ फर्काइरहेको छ ।
इजरायलको राजधानी तेल अभिवदेखि इजरायलका विभिन्न क्षेत्रहरुमा इरानी हमला जारी छ । त्यसै क्रममा अहिले सामाजिक संजालमा इरानी मिसाइलले प्रहार गरेको माइक्रोसफ्ट कम्पनी नजिकको एक दृष्य चर्चित बनेको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार माइक्रोसफ्टमा भने कुनै क्षति पुगेको छैन । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानविरुद्धको इजरायली युद्धमा पस्ने वा नपस्ने भन्नेबारेमा अबको दुई हप्तामा टुंगो लाग्ने बताएका छन् ।
अझैपनि इरानसँग वार्ताको प्रचुर सम्भावना रहेको भन्दै ट्रम्पले यस्तो बताएको खबर सार्वजनिक भएको छ ।

Leave a Reply